ओलीद्धार माधव नेपालसहितका चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं ३० बैशाख । आज विहान आकस्मिक रुमपा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले माधव कुमार नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको छ ।

पार्टीलाई एक बनाउने भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको नेतासुवास नेम्वांगले बताए ।

पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको नेम्वाङले बताए । नेम्वाङका अनुसार राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ । गत फागु २८ गते नै पार्टी विधान संशोधन देखि आवश्यक सबै निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board