एमाले स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।

समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “स्थायी कमिटीको बैठक ९ बजेबाट सुरु भएको छ,” उनले भने । संसदमा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदैछ । उता एमालेका असन्तुष्ट समूह खनाल-नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । यद्यपि, राजीनामा दिने कि नदिने भन्नेमा उनीहरूभित्र मत बाझिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board