एमाले स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।

समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “स्थायी कमिटीको बैठक ९ बजेबाट सुरु भएको छ,” उनले भने । संसदमा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदैछ । उता एमालेका असन्तुष्ट समूह खनाल-नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । यद्यपि, राजीनामा दिने कि नदिने भन्नेमा उनीहरूभित्र मत बाझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति