एक सय ५ जना विरामीको ज्यान जोखिममा : रातभर थामियो, अब गाह्रो भयो – ट्रमा सेन्टरका निर्देशक

काठमाडौं, ३० बैशाख ।  कोरोना संक्रमणको महामारीको बेला अन्य अस्पतालहरु जस्तै काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव त्यहाँको कर्मचारीले बताएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले ‘रातभर थामियो अब गाह्रो भो’ भन्दै अक्सिजन सहयोगको याचना गरेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै अक्सिजन सहयोग मागेका हुन् ।

ट्रमा सेन्टरका अर्का कर्मचारी भुवन केसीले पनि अक्सिजन अभावका कारण भगवान भरोसामा चल्नुपर्ने स्थिति आएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सीजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान पनि गरेका छन् ।

सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board