गण्डकीमा कांग्रेस सांसद नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश, एमालेबाहेक सबै एक ठाउं

पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेख्दै उनलेआफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।गठवन्धनमा रहेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने नेपालीलाई समर्थन नगर्ने बताएपछि जनमोर्चालाई उनलाई कारबाही गर्ने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति