नयाँ सरकार गठनमा संलग्न नहुने जसपा अध्यक्ष ठाकुरको अडान, महतो मौन

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली सदनमा विश्वासको मत लिन असफल भएसँगै नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस-माओवादी र जसपका अध्यक्ष उप्रेन्द्र यादवले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे । त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले यादवलाई चुनौती दिँदै नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरेका छन् ।ओली सरकार विश्वासको मत लिन असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्। दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्न अघि कांग्रेस र माओवादी केन्द्रसँगै संयुक्त विज्ञप्तिमार्फत सरकार गठनको प्रकिया अघि बढाउन दबाब दिएका यादवको उक्त कदमको ठाकुरले विरोध गरेका छन् ।

संसदमा जसपाकै संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने तटस्थ बसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति