कोलोराडो गोलीकाण्डमा सातको मृत्यु


कोलोराडो, २७ बैशाख – संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ ।
कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाई छ ।
आफ्नी प्रेमिका सहित पार्टीमा सहभागी भएका गोली चलाउने शंकास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिका समेतमाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो ।
कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो ।
कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ ।
यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन ब्राउन नामका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।(एपी) –
––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board