भारतमा थप ३ लाख ६६ हजारमा संक्रमण, ३७ सय ४८ को मृत्यु


काठमाडौँ, २७ बैशाख । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ ।यस्तै त्यहाँ एकैदिन ३७ सय ४८ संक्रमितको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतकको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४६ हजार १४६ पुगेको छ । आइतबासम्मका पछिल्ला सात दिनमा भारतमा २७ लाख ४० हजार मानिसलाई संक्रमण भएको थियो भने २७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । भारतमा कोरोना संक्रमणबाट एकैसातामा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अघिल्लो साताभन्दा संक्रमितको संख्या ५ प्रतिशतले मात्र बढे पनि मृत्युदर भने १५ प्रतिशतले बढेको छ ।बितेका तीन दिनमा मृत्यु हुनेको संख्या नयाँ संक्रमितको संख्याको १ प्रतिशतभन्दा धेरै रह्यो । आइतबार भारतमा ३ लाख ६६ हजार नयाँ संक्रमित थपिएका थिए । मे ६ मा एकैदिन अहिलेसम्मकै धेरै ४ लाख १४ हजार संक्रमित थपिएकामा त्यसपछिका दिनमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित घट्दै जाँदा दोस्रो लहरको संक्रमण ’पिक’ मा पुगेर झर्न लागेको हो कि जस्तो देखिए पनि एकिनसाथ भन्न सकिन्न ।

कैयौं दिनदेखि संक्रमण तीव्र भएका महाराष्ट्र, दिल्लीजस्ता राज्यमा संक्रमण घटे पनि केरला, पश्चिम बंगाल, उत्तराखण्डजस्ता राज्यमा अहिले संक्रमण उकालो लागिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board