प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी

काठमाडौं । नेकपा एमाले संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गरे ।

संसदीय दलका नेताको निर्देशनानुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति