छिट्टै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताए । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि सोमबार विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्ट्रै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौं ।’

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको विचार राखे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति