संबैधानिक परिषदद्वारा लोकसेवा सहितका संवैधानिक आयोगमा नियुक्ति सिफारिस

काठमाडौं, २६ बैशाख ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका रिक्त संवैधानिक आयोगका विभिन्न पदहरुमा सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वइच्छाचारी ढंगले संवैधानिक अंगहरु माथि हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता शेर बहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा भने बैठकमा सहभागी भएका थिएनन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति