राजीनामा र त्यसपछिका रणनीति तय गर्न नेपालपक्षको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, २६ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिती सदस्यहरुको बैठक बस्दैछ।

बैठकले राजीनामा र राजीनामा दिएपछिका रणनीति तय गर्ने बताइएको छ। शनिबार नै धेरै सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेपनि कति जनाको बुझाउने भन्ने तय स्थायी कमिटीले गर्ने नेपाल पक्षका एक नेताले बताए।

उनले भने, ‘हामी राजीनामा लागि तयार भएरै बसेका छौं। अहिले केही सांसदले मात्रै दिने कि सवैले दिनेरु प्रत्यक्षले मात्रै दिने कि समानुपातिकले पनि दिनेरु कति संख्याले दिँदा विश्वासको मतका समयमा कस्तो अवस्था निर्माण हुन्छ भन्ने विषयमा स्थायी कमिटीले छलफल गर्नेछ।’

नेपाल पक्षका समानुपातिक र प्रत्यक्ष २३ जना सांसदले राजीनामा पत्रममा शनिबार नै हस्ताक्षर गरेका छन्। नेपाल पक्षमा प्रत्यक्षतर्फ २२ जना छन् भने समानुपातिक गरी ३६ जनासम्म पुग्ने आँकलन गरिएको छ।

शनिबार साँझ बसेको सांसदहरुले बैठक बसी २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेका थिए । अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार छन् ।

एमाले सांसदहरूको सामूहिक राजीनामा ओलीका लागि ठूलो धक्का हुने खनाल नेपाल समूहका नेताहरूको बुझाइ रहेको छ । त्यसैपनि ओलीले सांसद पद खाइ नै सकेका थिए । अहिले प्रधानमन्त्री पद जोगाउन विश्वासको मत लिने र त्यसमा असफल भए संसदको सबै भन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री दाउ ओलीले चालेका छन् ।

ओलीको त्यो दाउ र आफूहरू माथि थप आक्रमक हुने अवस्थामा पुग्न निदन सामूहिक राजीनामा अन्तिम उपाय खनाल नेपाल समूहका नेताहरूले औंल्याएका छन् । यो विषयमा अन्तिम निर्णय गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक भइरहेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जनाए अनुसार भर्चुअल माध्यमबाट भए पनि बसेर यसको टुङ्गो लगाइने भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि बैशाख २७ गते संसद्को अधिवेशन बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति