बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ। आज बिहान संवैधानिक परिषद बैठक बसेको हो।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संवैधानिक परिषद बैठक बालुवाटारमा बसेको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका छैनन्।सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ। लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति