मोरङ र कैलाली र बाँकेमा थप १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २७ वैशाख । देशभर विभिन्न जिल्लामा उपचारको क्रममा कोरोना बाट थप १८ जनाको मृत्यु भएको छ । नोवेल अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते भर्ना भएको तर उपचारकै क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए । । यस्तै, नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैवीच कैलालीका विभिन्न अस्पतालमा शनिबार राती ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।संक्रमित र मृत्युदर उल्लेख्य रहेको कैलालीमा शनिबार साँझ पौने ८ बजेदेखि साढे ११ बजेको बीचमा ६ जनाले ज्यान गुमाएका हुन् ।

साँझ पौने ८ मा मा कन्चनपुरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही समयमा टिकापुरमा ५० बर्षका पुरुषको मृत्यु भयो । उनलाई शनिबारै संक्रमण पुष्टि भएको थियो ।८ बजेर ५६ मिनेटमा धनगढीमा धनगढीकै ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । उनलाई पनि शनिबारनै संक्रमण पुष्टि भएको थियो ।१७ गते संक्रमण पुष्टि भएका कैलाली लम्कि चुहाका २३ वर्षका युवकको राती पौने १० मा मृत्यु भयो । उनको निजी अस्पतालमा उपचार भइरहेको थियो ।२५ गते संक्रमण पुष्टि भएका टिकापुरका ५० वर्षका पुरुषको राती सवा १ण् बनजे मा मृत्यु भएको हो । राती साढे ११ मा धनगढीकी ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई पनि शनिबार नै संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष वैशाख २१ गते कोरोना सं‌क्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ८ बजे ज्यान गएको हो । त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई १६ गते नै भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।लम्की चुहा १ का ४३ वर्षीय पुरुषको पनि आइतबार बिहान नै नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ । उनको वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि २० गते नै अस्पताल भर्ना गरिएको थियो ।उता, तुलसीपुर ६ दाङ्गका ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । वैशाख १२ गते कोरोना संक्रमण भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि २२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान २ बजे निधन भएको हो । नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board