संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका परिषद् अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेकाले अरु सदस्य पनि नजान आग्रह गरे । प्रधानमन्त्री ओलीले आइतबार बिहान बस्नेगरी संवैधानिक परिषद्को बैठक आह्वान समेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति