नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो
जनाएको छ । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board