प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्‌को बैठक


काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक साँझ ५ बजेलाई बोलाएइको एक मन्त्रीले जानकारी दिए । बैठकका एजेण्डा भने केही पनि नखुलाईएको उनले बताए ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेकोले आजको बैठकलाई राजनितिक बृत्तमा महत्वका साथ हेरिएको छ । यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित नभएपनि प्रधानमन्त्री ओलीले निर्णय गर्न सक्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति