संघीय संसदका १५ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय संसद सचिवालयले बुधबार गरिएको पीसिआर परीक्षणमा १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । ४ मन्त्रीसहित १४ जना सांसदलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ गते संसद् बैठक बस्नुअघि संघीय संसद्मा सम्लग्न हुने सांसद्, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सहयोगीलगायतको कोरोना परिक्षण गरिएको हो । नतिजा आउने क्रम जारी नै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति