दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं, २४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति