बन्द अक्सिजन प्लान्ट सन्चालनमा सेनाको सहयोग ।


काठमाडौँ, २४ वैशाख ।
कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि नेपाली सेनाले बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र९सिसिएमसी मार्फत अनुरोध भएपछि सेनाले जनशक्ति पठाएर उद्योग सञ्चालनमा सहयोग गरेको हो ।
काभ्रेपलाञ्चोकको पनौतीस्थित नवज्योति अक्सिजन उद्योग अपरेटरका अभावमा बन्द रहेको र काठमाडौँ उपत्यकाभित्रकै ठूला अस्पतालमा अक्सिजनको अभाव भएको गुनासो आएपछि विज्ञ प्राविधिक जनशक्ति पठाएर उद्योग सञ्चालन सहयोग गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
उक्त उद्योगमा जडित दुई प्लान्टबाट ४० लिटर क्षमताका दैनिक एक हजारदेखि एक हजार २०० सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने जनाइएको छ । सिसिएमसीमार्फत अनुरोध भएका खण्डमा सेनाले उत्पादित अक्सिजन अस्पतालसम्म ढुवानीका लागि ट्रकसमेत तयारी अवस्थामा राखेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
उक्त उद्योगबाट आजै अक्सिजन वितरण शुुरु भइसकेको बताइएको छ । सेनाले उद्योग चलाउन अहिले चार दक्ष अपरेटर खटाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board