अन्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणले मृत्यु

काठमाडौं, २४ बैशाख । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार मृत्यु भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए । २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board