बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु


बाँके, २४ बैशाख । बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको विवरण छ ।योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति