कोरोनाबाट थप ५४ जनाको मृत्यु, ९०७० जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार नौ सय ७० जना र सात सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, योसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय २९ पुगेको छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति