भयावह बन्दै कोरोना : २४ घण्टामा थप ५८ जनाको मृत्यु, ८६५९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो।

मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति