चितवन र हेटौँडाका एक/एक सहित चार सङ्क्रमितको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

हेटौँडा अस्पतालमा थप एकको मृत्यु

मकवानपुर कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए । उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board