सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

काठमाडौं,२२ बैशाख । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शुन्य जस्तै रहेको महासंघले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board