कांग्रेसको औपचारिकता पूरा गर्ने निर्णय ! ओलीलाई मत नदिने, विफल पार्न पहल गर्ने

काठमार्डौ २१ बैशाख । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिने क्रममा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ महतले भने ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’

कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ। यस अघि पटक पटक ओली सरकार हटाउन पहल गर्न माओवादी केन्द्रले प्रस्ताव गर्दा मौन बसेको कांग्रेसले बल्ल व्युंझेजस्तो गरेको माओवादी नेता लिलामणि पोखरेलले टिप्पणी गरेका छन् । उनले भने यो कांग्रेसको औपचारिकता पूरा गर्ने निर्णय हो कि सांच्चिकै हो हेर्न बांकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति