माओवादीकेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौँ २१ बैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय गरेकोछ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी उपलव्ध सदस्यहरुको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नेता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय आकस्मिक रुपमा बसेको बैठकजे प्रधानम्नत्रीको नियत राम्रो नभएको समेत निष्कर्ष निकालेको छ ।

नेता श्रेष्ठका अनुसार बुधबार समर्थन फिर्ताको पत्र संसदमा दर्ता गरिने छ।
संसद पुनस्थापना भएदेखि नै माओवादी केन्द्रले अन्य विपक्षी संग मिलेर ओली सरकार विस्थापित गर्न कोशिश गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board