थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board