अधिकारविहीन खुला जेलबाट मुक्त भएँ – प्रदेश प्रमुख शेरचन

पोखरा, २१ वैशाख । पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई पदमुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पोखरामा आज पत्रकार सम्मेलन गरी निवर्तमान प्रदेश प्रमुख शेरचनले अधिकारबिहीन खुला जेलबाट मुक्त गरेको भन्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् । सरकारले हिजो मात्रै शेरचनलाई प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो ।

शेरचनले आफु पार्टीको अनुशासित कार्यकर्ता भएको नाताले बाध्य भएर प्रधानमन्त्री ओलीको प्रस्तावलाई प्रचण्डमार्फत स्वीकार गरेको बताए । आफुले यो पद अस्वीकार गरेको बताउँदै उनले भने, ‘अहिले अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति