कैलाली, २१ बैशाख । मंगलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ ।बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार धनगढी ७ कि ७७ वर्षीया महिला, बझाङका २६ वर्षीय पुरुष, कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
COMMENTS