गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाएर पौडेल र यादवलाई प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौं २० बैशाख । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ ।
नयाँ प्रदेश प्रमुका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।
पौडेल ओली निकट एमाले अनेमसंघकी अध्यक्ष भएका थिएन् भने यादव पूर्व उपसभामुख हुन् ।

शेरचन र त्रिपाठी माओवादीकेन्द्रको कोटाबाट प्रदेश प्रमुख भएका थिए । यसअघि माओवादीकेन्द्रको कोटाबाट प्रदेश प्रमुख बनेका २ नम्बर प्रदेशका प्रदेश प्रुमख तिलक परियारलाई हटाएर राजेश झालाई प्रदेश प्रमुख बनाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति