मुख्यमन्त्री पोखरेलको असंवैधानिक नियुक्तिविरुद्ध कानूनी चुनौति दिने विपक्षी गठवन्धनको घोषणा, मुख्यमन्त्री फेसबुकमा खनिए

बुटवल २० वैशाख । लुम्बिनी प्रदेशमा अल्पमतमा पुगेको नेकपा एमाले नामक दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक रुपमा चुनौति दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको ठोकुवा गरेका छन् ।

विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने चेतावनी दिएका छन् ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन रहेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीकै च्याम्वरमा गएर सपथ गराउनुले लोकतन्त्रको हत्या र उपहास भएको भन्दै उनीहरुले संघर्षमा उत्रने चेतावनी दिएका छन् । ‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो, यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं, ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले बताए । उनले भने,‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन ।’

‘संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र ? हामी त्यहीं पराजित गर्छौं ।’ मुख्यमन्त्रीले पोखरेलले राजीनामाको कलाविहीन नाटक गसरेर जनमतको उपाहास गरेको उनले बताए ।
मुख्यमन्त्री फेसबुकमा खनिए

यससै बीच मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुक स्टास मार्फत प्रदेश सभा सचिवालयले जबलसांझी गरेर आफूलाई अल्मतमा पारेको बताएका छन् । उनले लेखेका छन् ।

‘ विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ।
चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।
अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मंचनपछि नेकपा९एमाले० वहुमत प्राप्त दल बनेको हो । वहुमत प्राप्त दललाई सरकार संचालनको सम्वैधानिक दायित्व रहन्छ ।’
पोखरलेले त सूर्य चिन्हबाट चुनाव लेडपछि स्वत एमाले हुने तर्क समेत गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board