सिन्धुलीमा कोरोनाबाट ८० वर्षीया वृद्धाको मृत्यु

काठमाडौं । यहाँ कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए । “बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए”, उनले भने ।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय सङ्क्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board