दोस्रो चरणको खोप लगाएकाहरु कति सुरक्षित: यो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ ?

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ ।

खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।

 के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?

पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिनरथाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।

 यो खोप कुन उमेर समूहलाई दिइन्छ ?

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

 के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?

हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।

यो खोप कहाँ लगाउन पाईन्छ ?

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रहरूबाट निशुल्क दिइन्छ ।

यो खोप कसले लगाउनु हुँदैन ?

यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले
यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको
गर्भवती महिलाहरूलाई
यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन

 कुन कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?

दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो सम्बन्धी रोग, मृगौला रोग, मधुमेह ९सुगर० शिकलसेल एनिमिया र क्यान्सर रोग भएका
रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू
एच।आई।भि। भएका
यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।

यो खोपको कति मात्रा लगाउनुपर्छ ?

यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ ।

 यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ?

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ ।

 यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

खोपको कारणले वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।

के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?

पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।

खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ । यदि तपाईं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् ।

के खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नु पर्छ ?

कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।

पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ ।

विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ ।

मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो संख्या एकदमै न्यून रहेको छ । तर, यसबाट भ्याक्सिनको प्रभावकारिताका सम्बन्धमा जनमानसमा आशंका भने बढेको छ । तर आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकहरू बताउँछन् । यस खालको ‘ब्रेक थ्रु’ एकदमै कम देखिएको छ भने देखिए पनि संक्रमण भएकामा एकदमै कम लक्षण वा बिरामीलाई धेरै असहज नहुने गरेको छ ।

अघिल्लो साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले ‘ब्रेक थ्रु’ इन्फेक्सन एकदमै विरलै भएको र भ्याक्सिन लगाएकामध्ये ०।०५ प्रतिशत भन्दा कममा देखिएको उल्लेख गरेको थियो । केही प्रतिशतमा यो देखिनु सामान्य हो किनभने कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन ।

अमेरिकाको सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार भ्याक्सिन ९खोप० लगाएका व्यक्तिहरू कम बिरामी हुने सम्भावना छ । परीक्षणकै क्रममा विभिन्न खालका भ्याक्सिनहरू ६० प्रतिशतदेखि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएका थिए । नेपालमा पनि खोप लगाएकामा पुन संक्रमण देखिएको छ तर स्वास्थ्य मन्त्रालयसँग यसको आधिकारिक तथ्यांक छैन ।

भ्याक्सिन लगाएपछि पनि तपाईं कोरोना पोजेटिभ हुने सम्भावना कति छ रु यस भएमा तपाईंले के गर्नुपर्छ रु हामीले यी प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं ।

ब्रेक थ्रु इन्फेक्सन भनेको के हो रु यो पुनः संक्रमण भन्दा कसरी फरक छ ?

सामान्य भाषामा भन्दा पूर्ण रूपमा खोप लगाइसकेको मान्छे पुनः संक्रमित भयो भने यसलाई ‘ब्रेक थ्रु’ इन्फेक्सन भनिन्छ । यसले के संकेत गर्छ भने सो व्यक्तिलाई खोपले कम प्रतिरक्षा क्षमता दिएको छ । तर, यस खालको संक्रमण एकदमै सामान्य खालको हुन्छ । यस खालको इन्फेक्सन सबै खालका भ्याक्सिनमा देखिन्छ ।

खोपले संक्रमण नियन्त्रण गर्न सहयोग गर्छ ?

विभिन्न अध्ययनले खोपले गम्भीर प्रकृतिका लक्षणलाई रोक्ने र अस्पताल जानु नपर्ने देखाएको छ । यति मात्र होइन, खोप लगाएका व्यक्तिहरू समाजमा बढ्दै जाँदा यसले संक्रमण पनि कम गर्दै लैजाने देखाएको छ । यति मात्र होइन, दि हिन्दू पत्रिकालाई चिकित्सकहरूले बताएअनुसार यसले नयाँ खालको भेरियन्टहरू उत्पादन हुने दरलाई समेत रोक्ने गर्दछ ।

भ्याक्सिन लगाएको व्यक्ति कसरी फेरि कोभिडबाट संक्रमित हुन्छ ?

अहिले त्यस खालको कुनै पनि प्रमाण छैन । भारतको एपोलो हस्पिटलका डा।अन्जान भट्टाचार्यले इण्डिया टुडेसँग भनेका छन्, ‘पहिलो त हामीले के सम्झनुपर्छ भने कुनै पनि भ्याक्सिन १०० प्रतिशत प्रभावकारी हुन्न र सबै खालका भ्याक्सिनमा ‘ब्रेक थ्रु’ संक्रमण हुने केही सम्भावना रहेको हुन्छ ।’

दोस्रो कुरा, खोप लगाएको दुई वा तीन हप्तापछि मात्रै शरीरमा रक्षात्मक एन्टीबडीको विकास भएको हुन्छ । त्यसैले कुनै पनि व्यक्ति यो बीचमा संक्रमित हुनसक्छ ।

तेस्रो, भ्याक्सिन रोगको रोकथामको लागि प्रयोग हुन्छ संक्रमण रोक्नका लागि होइन । कोभिड–१९ का खोपहरू हल्का लक्षणहरू, गम्भीर बिरामी र अस्पताल नै लैजानुपर्ने अवस्था टार्नका लागि प्रभावकारी छन् । संक्रामक रोग विशेषज्ञ अमिताभ नन्दीले इन्डिया टुडेलाई बताए अनुसार, खोप लगाइसकेको व्यक्तिलाई भाइरसले भेटेमा पुन संक्रमण हुने सम्भावना रहन्छ ।

के ‘ब्रेक थ्रु’ हुनुका पछाडि विभिन्न खालका भेरियन्ट जिम्मेवार छन् ?

दोस्रो लहर आएपछि विभिन्न खालको नयाँ र बढी संक्रामक भेरियन्टहरू देखिएका छन् । भारतका एक पुराना अनुसन्धानदाता डा। गणेश देवकर इण्डिया टुडेसँग भन्छन्, ‘डबल म्युटेट भेरियन्टका सम्बन्धमा, ल्याबहरूले के देखाएका छन् भने यो बढी संक्रामक छ र भाइरसलाई ब्लक गर्ने कार्य एकदमै कठिन छ तर कति प्रतिरक्षा प्रणालीमा कमी आयो भनी मूल्याङ्कन गरिरहेका छन् ।’

हालै भारतीय मेडिकल काउन्सिलले गरेको एक अध्ययनले भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनले युके भेरियन्टविरुद्ध राम्रो काम गरेको देखाएको छ । तर नयाँ भेरियन्टले भ्याक्सिन लगाएको व्यक्तिको शरीरमा प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् । तर विभिन्न अध्ययनले पहिलो डोज मात्रै लगाएका व्यक्तिहरूमा समेत एकदमै न्यून मात्रामा संक्रमण देखिएको उल्लेख गरेका छन् ।

भ्याक्सिन लगाएपछि कस्तो सावधानी अपनाउनुपर्छ ?

विज्ञहरूका अनुसार पूर्ण रूपमा भ्याक्सिन लगाएका व्यक्तिहरूले कोभिड– १९ सम्बन्धी सम्पूर्ण स्वास्थ्य प्रोटोकलहरूको पालना गर्नुपर्छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, पर्याप्त हावा चल्ने ठाउँमा बस्ने र बारम्बार हात धुने काम गर्नुपर्छ ।

भ्याक्सिनपछि कोभिड–१९ पोजेटिभ भएमा के गर्ने ?

यदि कोभिडको लक्षण देखा परेमा कुनै पनि व्यक्ति तुरुन्त आइसोलेसनमा बस्नुपर्छ र डाक्टरी परामर्श गर्नुपर्छ । डा। गणेश देवकरका अनुसार खोप लगाउनु भन्दा अगाडिको उपचार र त्यसपछिको उपचारमा खासै फरक छैन ।

के यस्ता ‘ब्रेक थ्रु’ का केसहरू अन्य देशमा पनि देखिएका छन् ?

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार त्यहाँ अप्रिल १० सम्म ८ करोड ७० लाख व्यक्तिले दुवै चरणको खोप लगाइसकेका छन् । उनीहरूमध्ये ७ हजार १५७ व्यक्तिहरूलाई पुनः संक्रमण देखिएको छ । यीमध्ये ७ जनाको पुन संक्रमणका कारण मृत्यु भएको थियो ।

सो केन्द्रले भनेको छ, ‘भ्याक्सिन लगाएपछि पुनः संक्रमित भएर बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्यु हुने व्यक्तिको संख्या एकदमै कम छ र नयाँ खालको भेरियन्टले ब्रेक थ्रु बढी गराउने सम्भावना हुन्छ ।

अहिलेका खोपलाई किन आपतकालीन प्रयोगको लागि मात्र भनियो ?

विज्ञहरूका अनुसार भ्याक्सिनले संक्रमणलाई रोक्ने होइन कि यसले बिरामीलाई धेरै गम्भीर हुन नदिने र अस्पताल नै भर्ना हुनबाट रोक्ने हो । त्यसमाथि अहिलेका जति खोपहरू हुन् ती आपतकालीन प्रयोगका लागि मात्र अनुमति पाएका हुन् ।

परम्परागत रूपमा कुनै पनि खोप पूर्ण रूपमा प्रयोगमा आउन वर्षौं लाग्ने गर्दथ्यो तर अहिले यो काम एकदमै छिटो भएको छ । त्यसैले यसको प्रभावकारिताको बारेमा अझै डाटाहरू संकलन गर्न बाँकी छ, त्यसैले यसलाई आपतकालीन प्रयोगका लागि मात्र अनुमति दिइएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board