राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौँ, १९ वैशाख ।नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।
एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति