बाँकेमा एकै रातमा चार सङ्क्रमितको मृत्यु


१९ वैशाख :
बाँकेमा अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र बर्दियाका एक रहेका छन ।

 यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२  बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गए राति करीब ८ः०० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको छ। 

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति