पुरानो रेकर्ड तोडियो, थप ५७६३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा विगत २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन परीक्षणबाट ७० जनामा कोरोना पुष्टि भएको हो । गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार २९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति