गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ बिरामीको मृत्यु

काठमाडौं, १८ बैशाख । भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँको प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्।अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन्। आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन्।अस्पतालको पहिलो तलामा कोरोना संक्रमित बिरामीहरूको उपचार हुँदै आएको थियो।आगलागीपश्चात वेलफेयरमा उपचार गर्न सम्भव नभएपछि अहिले ५० कोरोना संक्रमणका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।आइसियुमा विद्युत सर्ट भएर आगो लागेको एसपी चुडास्माले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति