कैलालीमा‘पोर्टेबल माइक्रो भेन्टिलेटर’तयार


१७वैशाख:
लामो समय पिपिई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीमा समस्या आइरहेको तपाई हामीले सुनेका देखेका छौ । अब ती समस्याको समाधान गर्न कैलालीका एक युवाले स्वास्थ्यकर्मीले प्रयोग गर्न मिल्ने ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् ।

युवा प्रविधि अनुसन्धानकर्ता काइचो ग्रुपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय  सुमन पौडेलले सो उपकरण तयार गरेका हुन् । उहाँले स्वास्थ्यकर्मीले पिपिई लगाएको समयमा स्वच्छ हावा लिई काम गर्न मिल्ने गरी सो उपकरण  बनाउनुभएको हो । उहाँले भन्नुभयो “ मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउन नयाँ उपकरण तयार गरेको हुँ ।”

उपकरणलाई ‘श्वास’ नाम दिइएको छ । उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेरमा काम गर्ने स्वास्थ्यकर्मीको श्वासप्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले श्वास नाम दिइएको उहाँले बताउनुभयो । 

 पिपिई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने  स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पु¥याउन सो उपकरणले मद्दत गर्ने छ ।  उपकरणको प्रयोगले  स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।  

उपकरण प्रयोग गर्दा आफूलाई पिपिई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नलागेको   सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत  नर्स सुस्मा विकले बताउनुभयो । सामान्य अवस्थामा पिपिई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उहाँको भनाई छ । यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ  माक्सको प्रयोग गरिएको छ । ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ  । बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर  उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि  लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति