निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् ।निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति