काठमाडौं, १६ बैशाख । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् ।
मनाङेका प्रेस सल्लाहकार विक्रम न्यौपानेले केहीबेरमा सपथ हुने तयारी रहेको बताएका छन् । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रतिक्रिया