कलङ्कीमा दुर्घटनामा एकको मृत्यु


काठमाडौँ, १६ वैशाख:
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति