अमेरिकी संसदमा ह्यारिस र पेलोसीले रचे इतिहास

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। राष्ट्रपति बाइडेनको यो सम्बोधनका क्रममा उपराष्ट्रपति कमला ह्यारिस र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको उपस्थितिले इतिहास बनाएको छ।
राष्ट्रपति बाइडेनले ुम्याडम भाइस प्रेसिडेन्ट एन्ड म्याडम स्पिकरु भन्दै सम्बोधनको सुरू गरेका थिए। कुनै पनि अमेरिकी राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गर्दा यसअघि उपराष्ट्रपति र सभामुख दुबै जना महिला थिएनन्। आज पहिलो पटक पछाडि दुई जना महिला उभिएको ठाउँबाट अमेरिकाका राष्ट्रपतिले संसदलाई सम्बोधन गरेका हुन्।
गत वर्षको चुनावमा पहिलो पटक अमेरिकी उपराष्ट्रपतिमा महिला निर्वाचित भएपछि यो ऐतिहासिक क्षण सम्भव भएको हो।

सभामुख पेलोसी यसअघि नै धेरै पटक संयुक्त सम्बोधनमा राष्ट्रपतिको पछाडि बसेकी भए पनि उपराष्ट्रपति ह्यारिसका लागि यो पहिलो अनुभव हो।
राष्ट्रपति बाइडेन ड्यासमा आउनुअघि ह्यारिस र पेलोसीले कुहिनो मिलाएर एकअर्कालाई अभिवादन गरेका थिए।

सम्बोधनको केही घन्टाअघि प्रतिक्रिया दिँदै सभामुख पेलोसी यो क्षण निकै उत्साहजनक हुने बताएकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति