बीपी प्रतिष्ठानमा एक हप्तामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

सुनसरी १६ बैशाख । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा हिजो राती दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ९ गते संक्रमण पुष्टि भएपछि १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएका सप्तरीका पुरुष मधुमेहका रोगी थिए । धनुषाका ६० वर्षीय पुरुषलाई वैशाख १० गते अस्पताल भर्ना गरिएको थियो । दुवै जनालाई आइसीयूमा राखिएको थियो ।

कोभिड अस्पतालमा हाल ३३ जना भर्ना गरिएका छन् । तीमध्ये १० जना आईसीयू र १८ जना एचडीयूमा छन् । प्रतिष्ठानको कोभिड अस्पतालमा गत एक हप्तामा ७ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति