पूर्व रानी कोमल आइसियूमा, हाईफ्लो अक्सिजनको सपोर्ट ज्ञानेन्द्रको अवस्था स्थिर

काठमाडौं १६ वैशाख । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई हिजो रातीदेखि आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारेर हाईफ्लो अक्सिजनको सर्पोट दिईको नर्भिक अस्पतालले जनाएको छ ।

‘अस्पतालका अनुसार अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।उनलाई पनि अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । प्रेरणालाई भने अक्सिजन दिनु परेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board