नेपालमा थप ४ हजार ३ सय ६४ संक्रमित भेटिए , १८ जनाको मृत्यु (कुन जिल्लामा कति सूचिसहित)

काठमाडौं, १४ बैशाख । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ । हाल २६ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ९०।५ प्रतिशतमा झरेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना सङ्क्रमणले नेपालमा हालसम्म तीन हजार १९४ जनाको मृत्यु भएको हो । हाल २६ हजार २२५ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति