अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेशसभामा सत्तारुढ एमालेको अवरोध

पोखरा १४ वैशाख । सत्तारुढ दल नेकपा एमालेले कोरोना संक्रमण परीक्षण नगरी बैठक शुरु गरेको भन्दै गण्डकी प्रदेश सभा अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी गरेको अवस्थामा संसद बैठक चल्न नसक्ने चेतावनी एमाले सांसद राजीव पहारीले दिए ।

विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले विरोध गरेका हुन् । सभामुख नेत्रनाथ अधिकारीले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने धारणा राखेका थिए ।

सभामुख अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बैठक ससुचारु गर्नु पर्ने बताए पनि एमाले सांसद अवरुद्धले गरिरहे । बस्न आग्रह गरे ।

सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए । एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवेशन बोलाएका थिए ।आज अविश्वास प्रस्तावमाथि छलफल गरेर भोलि मतदान गर्ने कार्यसूची तय गरिएको थियो ।

गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति