निषेधाज्ञा जारी गरिएपनि सेयर बजार बन्द नहुने

काठमाडौं । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो । लामो समय बन्द हु“दा लगानीकर्ताहरुको पु“जी होल्ड भएको भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो । लकडाउन पछि भने सेयर बजारमा निकै ठूलो सुधार देखिएको थियो । नेप्सेले ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board