सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको निधन


१४ वैशाख :
सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमाबार निधन भएको छ । आइतबार राति पखाला लागेर अस्वस्थ रहेका मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् । सोमबार राति  गाउँमै  उहाँको दाहसस्ंकार गरिएको छ ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति